काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ इम्पावरिङ इन्टरप्राइजेज अभियानअन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन अद्यान्त एडभाइजरी प्राली र अमेरिकन चेम्बर अफ कर्मस नेपालसँग सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भइ आज उद्यम रूपान्तरणको एक रणनीतिक प्लेटफर्मका रूपमा विकसित भएको छ । यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपीआई तथा होस्ट टु होस्ट कनेक्टीभिटीमार्फत उद्यमीहरूको सञ्चालन प्रणालीहरूमा बैंकिङ सेवा जडान तथा एकिकृत गर्ने र डिजिटल प्लेटफर्मलाई व्यवसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
यस समझदारीअन्तर्गत बैंकको उद्यम डिजिटलाइजेसन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञतासँग जोडी पुँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको छ ।