ललितपुर । गोदावरी नगरपालिका–१० बिष्टगाउँ बस्ने ५३ वर्षीय अन्जित तुलाधरको घरबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब तीन लाख ६० हजार रूपैयाँबराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।