जलेश्वर (महोत्तरी) । महोत्तरीका स्थानीय तहले अत्यधिक जाडो भएपछि विद्यालय बन्दको घोष्णा गरेका छन् । महोत्तरीका १५ वटै स्थानीय तहले निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।
हाललाई स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी दुईदेखि तीन दिन बिदाको घोषणा गरेका छन् । स्थानीय तहले विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेको जनाउँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द गराएका छन् ।
विगत केही दिनदेखि तराई–मधेसमा शीतलहर र चिसो हावा चल्न थालेको छ । अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।