काठमाडौं । एमजी र आईएम मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ विशेष एक्सचेन्ज योजना सार्बजनिक गरेको छ ।
यस योजनाअन्तर्गत एमजी र आईएम इलेक्ट्रिक सवारी साधनहरूको खरिदमा ग्राहकले आकर्षक फाइदा लिन सक्नेछन् । यस सीमित अवधिको एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा पाउन सक्नेछन् । साथै, उत्कृष्ट मूल्याङ्कन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता सुविधा पनि उपलब्ध छन् । यो अफर एमजी र आईएमका इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले देशभरका आधिकारिक एमजी सोरूमहरूमा गइ यो अफर लिन सक्नेछन् । यस योजनामार्फत एमजीले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । इभी मोडलहरू प्रतिको बढ्दो लोकप्रियता भएका समयमा आफ्ना सर्वाधिक रुचाइएका माडेलहरूमार्फत ग्राहकहरूलाई विशेष सुविधा दिने हेतुले यो अफर डिसेम्बर २५ देखि सुरु भएको छ ।