काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस ३० गते सुनसरीको स्काइ लक्स होटलमा आफ्नो ११औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १२ करोड २४ लाख ४३ हजार चार सय ४८ रूपैयाँ मध्येबाट नौ दशमलव ५० प्रतिशतका दरले हुन आउने एक करोड १६ लाख ३२ हजार एक सय २७ रूपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशतका दरले हुन आउने छ लाख १२ हजार दुई सय १७ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी १३ करोड ४० लाख ७५ हजार पाँच सय ७६ रूपैयाँ पुग्ने छ ।