काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन ४७ दशमलव ५५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार १० दशमलव ५३ अंकले ओरालो लागेर २६ सय २२ दशमलव ८८ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ३१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३७ वटा कम्पनीहरुको ६९ हजार पाँच सय ४८ पटकको कारोबारमा एक करोड ३७ हजार तीन सय सात कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बिकास बैंक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेको छ बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।