काठमाडौं । काठमाडौंको नक्सालमा ‘कस्मेटिका एक्स्पो २०२५’ आयोजना गरिएको छ । उक्त एक्स्पोमा कपाल, छाला, मेकअप तथा नेल केयरसम्बन्धी परामर्श सेसन सञ्चालन भएको थियो ।
सौन्दर्य, मेकअप तथा व्यक्तिगत हेरचाह क्षेत्रसँग सम्बन्धित नवीनतम ट्रेन्ड, सीप र करियरका अवसरबारे जानकारी दिने उद्देश्यले इन्टरनेसनल स्कूल अफ एस्थेटिक्स एन्ड स्पा (आईएसएएस) ब्यूटी स्कुलको सहकार्यमा परामर्श सेसन आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरूले राम्रो मेकअप आर्टिस्ट बन्नका लागि कसरी इन्स्टिच्युट छनौट गर्ने, कुन कोर्सबाट सुरु गर्ने, सामाजिक सञ्जालमा देखाइने ट्रेन्ड र वास्तविक सिकाइबीचको फरक लगायत विषयमा जिज्ञासा राखेका थिए र आईएसएएसका अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकहरुले सहभागीको जिज्ञासा मेटाएका थिए । आएसएएस ब्यूटी एकेडेमीकी सिडेसको प्रमाणित प्रशिक्षक क्रिस्टिना सुब्बाले सस्तो शुल्कको आधारमा छनौट गरिएको इन्स्टिच्युटले गुणस्तरीय सिकाइ नदिने बताइन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्कूलमा शुल्क केही महँगो भए पनि त्यसले विश्व बजारसम्म पहुँच, अवसर र पहिचान बनाउन सहयोग गर्ने उनको भनाई थियो ।
एलएपीटी प्रमाणित प्रशिक्षक प्रीति पाण्डे द्रुबाले सामाजिक सञ्जालमा देखाइने भिडियो हेरेर मात्र इन्स्टिच्युट रोज्नु उपयुक्त नहुने बताइन् । प्रत्यक्ष रूपमा इन्स्टिच्युट भ्रमण गरी पाठ्यक्रम, प्रशिक्षक र सिकाइ वातावरणबारे बुझेर मात्र निर्णय गर्न सुझाव दिइन् । सिडेसको डिप्लोमा इन कस्मेटोलोजी सर्टिफाइड प्रशिक्षक प्रकृति मिश्राले कस्मेटोलोजीको राम्रो सीपले विश्वव्यापीरूपमा नेटवर्क विस्तार र मार्केट निर्माणमा ठूलो सहयोग गर्ने उल्लेख गरिन् । विज्ञहरूका अनुसार पहिले प्रचलनमा रहेको हेभी मेकअपको ट्रेन्ड अहिले बदलिँदै गएको छ र अहिले प्राकृतिक तथा स्किन–फ्रेन्ड्ली मेकअपलाई प्राथमिकता दिइन थालिएको छ । कस्मेटिका एक्स्पो २०२५ मार्फत सौन्दर्य क्षेत्रमा रुचि राख्ने विद्यार्थी, व्यवसायी तथा आम सर्वसाधारणले प्रत्यक्ष रूपमा विज्ञसँग संवाद गर्दै आफ्ना समस्या र समाधानबारे जानकारी लिन सक्ने अवसर पाएको आयोजकले जनाएको छ ।
काठमाडौंको बानेश्वरमा स्थापना भएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज ब्युटी स्कुल आईएसएएस सौन्दर्य शिक्षामा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित सर्टिफिकेसनका पाठ्यक्रमसहित सुरु भएको एकेडेमी हो । एकेडेमीमा कस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आईलैश एक्सटेन्सनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम पढाइ हुन्छ । तालिमले विद्यार्थीलाई युरोप, मिडल इस्ट, क्यानडा, अस्ट्रेलिया आदि क्षेत्रमा पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेसन सोजस्ता रोजगारीका अवसरमा सहज पहुँच दिलाउन समन्वय गर्नेछ । यसका अतिरिक्त, आईएसएएसले अब पाठ्यक्रम शुल्कमै अन्तर्राष्ट्रिय प्रमाणीकरण समावेश गरिएको घोषणा गरेको छ । यसले गर्दा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणीकरणका लागि कुनै पनि अतिरिक्त वा लुकेका शुल्क तिर्नुपर्ने छैन ।