काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पासरत गरेको छ ।
वार्षिक साधारणसभाले हकप्रद सेयरको लागि आवश्यक प्रक्रिया अघि बढाउन अनुमति दिएको हो । हाल चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीले डेढ अर्ब पु¥याउन हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । साथै, सोमबार सम्पन्न कम्पनीको तेस्रो साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । लेखा परीक्षण गरिएको आव २०८१/८२ को वित्तीय विवरण पनि साधारणसभाले पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको चालु आव २०८२/८३ का लागि वाह्य लेखाद परीक्षक नियुक्ति गर्ने प्रस्ताव सभाबाट सर्वसम्मत पारित भएको छ । त्यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक सञ्चालकको रिक्त पदमा नवराज सुक्का सभाबाट निर्विरोध निर्वाचित भएका छन् भने सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पनि सभाले पारित गरेको छ ।