काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकले सुधार देखिएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से परिसुचक १० दशमलव ८७ अंकले उकालो लागेर २६ सय ३३ दशमलव ७६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४२ अंकले उकालो लागेर चार सय ५६ दशमलव ७३ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको ६३ हजार नौं सय ८१ पटकको कारोबारमा एक करोड १९ लाख ४६ हजार तीन सय ३३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो देखिएको छ ।