काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड २० लाख ११ हजार एक सय ३९ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ४५ लाख ५९ हजार तीन सय ८६ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार तीन सय ५९ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब ११ करोड २८ लाख ८९ हजार आठ सय ५३ रुपैयाँ निक्षेप संकलन गरी नौं अर्ब ६८ करोड आठ लाख १२ हजार छ सय ४२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ३९ लाख ७१ हजार आठ सय ६५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १३ दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५५ करोड ६० लाख ७८ हजार पाँच सय ९३ रुपैंयाँ निक्षेप संकलन गरी नौं अर्ब ५९ करोड ५४ लाख २९ हजार दुई सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ६९ लाख ९९ हजार नौ सय ४० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।