काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासमा तीन करोड २६ लाख २९ हजार नौ सय १० रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ७९ लाख ९१ हजार ८८ रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी २९ करोड १३ लाख ३७ हजार पाँच सय रूपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब ४४ करोड ३६ लाख १४ हजार तीन सय रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब पाँच करोड २९ लाख ९९ हजार ७८ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १८ लाख ८९ हजार चार सय ४७ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा २० दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ४३ करोड एक लाख ९९ हजार ७५ रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब छ करोड ६० लाख ७३ हजार नौ सय ६१ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ९८ लाख दुई सय ८० रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १९ दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।