काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोक वुड कास्क ह्वीस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ ।
द गभर्नर स्मोकवुड कास्क ह्वीस्की ७५० एमएलको सफल सुरुवातपछि कम्पनीले आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै नयाँ प्याक सार्वजानिक गरेको हो । नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ । द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य ७४५ रुपैयाँमा उपलब्ध हुनेछ । द गभर्नर स्मोकवुड कास्क ह्वीस्की १० वर्षसम्म मच्योर गरिएको हाइल्यान्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको हो ।