काठमाडौं । यामाहा नेपालले पप–कल्चर फेस्टिभल ‘ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५’मा सह–प्रायोजकको रूपमा सहभागिता जनाएको छ । आठ हजारभन्दा बढी युवा, पप कल्चर फ्यान, गेमर, र कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता मोटरसाइकल प्रदर्शनमा मात्र सीमित नरहेको कम्पनीले जनाएको छ ।
यामाहाले आफ्नो एमटी– १५ सिरिजलाई ओटाकु जात्रामा ल्याउँदै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायको दूरी घटाउने काम गरेको छ । जहाँ सृजनशीलता, आत्म–अभिव्यक्ति र राइडिङ लाइफस्टाइल एकै ठाउँमा प्रस्तुत गर्ने मौका दिइएको थियो । ओटाकु जात्राजस्तो युवा–केन्द्रित र सिर्जनात्मक कार्यक्रममा सहभागिता जनाएर यामाहाले आधुनिक युवा संस्कृति, उनीहरूको वैयक्तिक स्वतन्त्रता र जीवनशैलीलाई बुझ्ने ब्रान्डको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएको कम्पनीको दाबी छ । कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिपूर्ण उक्त फेस्टिभलको माहोल यामाहाको ‘युवा र स्ट्रिट–कल्चर’मा केन्द्रित पहिचानसँग पूर्णरूपमा मेल खाएको थियो ।
कार्यक्रममा यामाहाले ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५’का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहाको मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो । कार्यक्रममा ‘कस्टमाइज्ड’ एमटी–१५ मोटरसाइकलहरूको प्रदर्शनी गरिएको थियो । फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शोले दर्शकहरूको ध्यानाकर्षण गर्दै माहोल तताएको थियो । प्रोफेशनल राइडरहरूले प्रस्तुत गरेको स्टन्टले यामाहाको पर्फर्मेन्स डीएनए र बलियो मोटरस्पोट्र्स विरासतलाई झल्काएको कम्पनीको दाबी छ ।