विभिन्न कम्पनीहरुले आ–आफ्नो वार्षिक साधारणसभा गर्नको लागि पुस २९ गते उत्तम साइत मान्ने गरेको देखिन्छ । पुस २९ गते थुप्रै कम्पनीहरुको वार्षिक साधारणसभाहरु हुने भएको छ । दर्जनौँ कम्पनीहरुले आफ्नो वार्षिक साधारणसभा पुस २९ गते गर्ने भएका छन् । अझ यस वर्ष त पुस ३० गते पनि थुप्रै कम्पनीहरुले वार्षिक साधारणसभाहरु गर्ने भएका छन् । यसकारणले पनि सेयर धनीहरुमाझ यसको चर्चाहरु हुने गरेका छन् । केहिदिन पहिले भएको एउटा कम्पनीको साधारणसभामा केही सेयरधनीहरुमाझ पुस २९ गते र ३० गते थुप्रै कम्पनीहरुको परेको साधारणसभाको बारेमा चर्चा चलेको थियो । एकै दिन यतिका कम्पनीहरुको साधारणसभा परेको कारणले सेयरधनीहरु अलमलमा परेको बताइरहेका थिए । कोही भन्छ, मसँग दुई दर्जन कम्पनीहरुको सेयर छ त कोही मसँग ३० वटा कम्पनीहरुको सेयर छ भनेर कहाँ जाने त, भनेर गुनासो गरिरहेका छन् भने कतिपयले भने जहाँ टन्न खाना खुवाउँछ त्यहाँ जाने नि भनेर ठट्टा पनि गरिरहेका थिए । त्यसो त केही सेयरधनीहरु सभामा प्रस्ताव र एजेनडामाभन्दा पनि खाना र खाजामा नै झुमिनेहरु पनि नभएका होइनन् ।
कतिपयको भनाइमा भने साधारणसभामा बोल्ने वक्ता सेयरहरुलाई सबभन्दा बढी घाटा भयो नि भनेर व्यङ्ग पनि गरेको सुनियो कतिपय सेयरधनीहरुको भनाइमा साधारणसभामा बोल्ने गरेका सेयरधनीहरुलाई कम्पनीले भत्ता दिने गरेको बताइरहेको पनि सुनियो । यो कतिको साचो हो उनिहरु नै जानुन् । त्यसो त यस्तो चर्चाहर सबै जसो साधारणसभाहरुमा हुने गरेका छन् । पोष २९ गते थुप्रै कम्पनीहरुको साधारणसभा विगतको वर्षहरुमा पनि गरेका थियो । यस वर्ष पनि पुस २९ गते र ३० दर्जनौ कम्पनीहरुको वार्षिक साधारणसभा हुने भएको छ । एकै दिन एकै समयमा यति धेरै कम्पनीहरुले किन साधारणसभा गर्नुपरेको भनेर पनि असन्तुष्टि जाहेर गरेका छन् । एक आर्थिक वर्ष समाप्ति पछिको छ महिनाभित्र यानि पुस मसान्तभित्र कम्पनीहरुले आआफ्नो वार्षिक साधारणसभा गर्नुपर्ने कम्पनी ऐनमा व्यवस्था गरेको छ । यदि पुस महिनाभित्र कम्पनीहरुले आफ्नो वार्षिक साधासणसभा गर्न सकेनन् भने पुस महिना नाँघेपछि सभा गर्दा जरिवाना तिर्नुपर्ने हुन्छ । यसकारणल पनि हतार हतारमा भए पनि सबै जसो कम्पनीहरुले पुष महिनाको मसान्तमा भए पनि साधारणसभा गर्ने गरेका हुन् भन्दा पनि फरक नपर्ला । त्यसै गरी पुस मसान्तभित्र साधारणसभा गर्दा जरिवानाबाट पनि बच्ने र समयमा नै साधारणसभा गरेको पनि देखिने हुनाले हतार हतारमा भए पनि आफ्नो साधारणसभा पुस मसान्तमा भएपनि गर्ने गरेका हुन् भन्दा पनि फरक नपर्ला ।
त्यसो त कतिपय सरोकारवालाहरुको भनाइमा आर्थिक वर्ष समाप्ति पछि छ–छ महिनाको समयावधि भएपनि किन पुस मसान्तमा नै धेरैले साधारणसभाहरु गर्ने गरेको अगाडिको महिनाहरुमा अगाडिका दिनहरुमा गरेको भए त भइहाल्छ नि भनेर पनि भन्ने गरेका छन् । त्यसो त कतिपय कम्पनीहरुले पुस महिनाभन्दा पहिलाको महिनाहरुमा गर्ने गरेका पनि छन् । कतिपय कम्पनीहरुले त दशैँ अगाडि नै आफ्नो वार्षिक साधारणसभा गर्ने गरेका छन् । कतिपय कम्पनीहरुले त दशैँमा नै सेयरधनीहरुको हात–हातमा नगद लाभांश पुगोस् भनेर दशैँ अगाडि नै साधारणसभा गर्ने गरेका छन् । न्ोप्सेमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरुले एक आर्थिक वर्षको समाप्तिपछि वार्षिक साधारणसभा गर्नुपर्छ । चालु आर्थिक वर्ष समाप्तिपछि गरिने वार्षिक साधारणसभामा कम्पनीले समीक्ष वर्षमा भए गरेका काम कारबाही गतिविधिको प्रतिवेदन कम्पनीले साधारणसभामा पेश गर्नुपर्ने हुन्छ । त्यसैगरी वार्षिक साधारणसभामा कम्पनीले आगामि दिनहरुमा गरिने भावि योजनाहरको बारेमा पनि साधारणसभामा जानकारी दिने गरेका छन् भने समीक्षा वर्षमा कम्पनीले गरेको गतिविधिको प्रतिवेदन प्रस्तावहरु साधारणसभामा बहुमतले पारित गर्नुपर्छ । त्यस पछि मात्र लाग हुने प्रावधान रहेका छन् । यसको लागि पनि वार्षक साधारण सभा महत्वको हुन्छ वार्षिक साधारणसभाहरु कम्पनीहरुको लागि मात्र नभइ सेयरधनी लगानिकर्ताहरुको लागि पनि महत्वपूर्ण हुने गरेका छन् ।
एकैदिन एकै समयमा धेरै कम्पनीहरुले साधारणसभा डाक्ने गरेको मा अधिकांश सेयरधनीहरुको भनाइमा कम्पनीहरुले एकै दिन एकै समयमा थुप्रै कम्पनीहरुको वार्षिक साधारणसभाहरु नपारेको भए हुन्थ्यो भन्ने रहेका छन् । पुँजी बजारका धेरै जसो सेयरधनी लगानिकर्ताहरुसँग एक दुई कम्पनीको मात्र नभइ थुप्रै कम्पनीहरुको सेयरहरु हुने गरेका छन् । कतिपय सेयरधनी लगानिकर्ताहरुसँग त सय कम्पनीको सेयरहरु हुने गरेका पनि सेयरधनीहरु रेहका छन् । दश १२ कम्पनीको सेयर हुनेहरु भनेको त सामान्य नै हुन् भन्दा पनि फरक नपर्ला । एकै व्यक्तिसँग धेरै कम्पनीहरुको सेयर हुने गरेकोले पनि एकै दिन एकै समयमा धेरै कम्पनीहरुको वार्षिक साधारणसभा हुने गरेको कारणले आफू कुन कम्पनीको साधारणसभामा भाग लिन पुग्ने हो अलमलमा पर्ने गरेको धेरैजसो सेयरधनीहरुको भनाइ रहेका छन् । सबै साधारणसभाहरुमा भाग लिन सम्भव पनि हुँदैन । त्यसो त साधारणसभाहरुमा भाग लिने सेयरधनी लगानिकर्ताहरुको अधिकार पनि हो भने कतिपय कम्पनीहरुमा त सञ्चालकहरुको चुनाव पनि हुने गर्छन् र सञ्चालकहरुको निर्वाचनमा भाग लिने सेयरधनीहरुको अधिकार पनि हो । एकै दिन धेरै कम्पनीहरुको साधारणसभाहरु हुने गरेकाले सेयरधनीहरु आफ्नो अधिकारबाट बन्चित हुनुपरेको छ । त्यसो त एकै दिन एकै समयमा धेरै कम्पनीहरुको साधारणसभा पर्ने गरेका कारणले साधारणसभाहरुमा सेयरधनीहरुको उपस्थिति न्युन मात्र हुने गरेका छन् । कम्पनीहरुले आफ्ना सेयरधनीहरुको सुविधालाई पनि ध्यान दिनुपर्दछ भने साधारणसभाहरुमा बढीभन्दा बढी सेयरधनीहरको उपस्थिति होस् भन्नेमा पनि ध्यान दिनु पर्दछ भने, सेयरधनीहरुको मान राख्नु पनि कम्पनीहरुको दायित्व हो भन्दा पनि फरक नपर्ला । सेयरधनीहरु भनेका कम्पनीका हिस्सेदार हुन् ।
कतिपय कम्पनीहरुको भनाइमा सेयरधनीहरुसँग कतिवटा कम्पनीहरुको सेयर छन् र धेरै कम्पनीहरुको सेयर भएपनि साधारणसभामा भाग लिनबाट वञ्चित होस् । यसमा सरोकारवाला कम्पनीहरुलाई त्यति चासोको विषय पनि होइन । कम्पनीहरुले आफ्नो परिस्थिति समयानुकूल आफूलाई उपयुक्त भएअनुसार वार्षिक साधारणसभाहरु गर्ने गरिन्छ भनेर पनि भन्ने गरेका छन् । वार्षिक साधारणसभा गर्न सेयर सङ्ख्याको ५१ प््रतिशत र तीनजना सेयर धनीहरुको उपस्थिति भए साधारणसभा सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ कम्पनी ऐनले । अधिकांश कम्पनीहरुमा संस्थापक सेयरधनीहरुको सेयरको संख्या प्रतिशत ५१ प्रतिशतभन्दा बढी हुने हुनाले सबै संस्थापक सेयरधनीहरुको र तीनजना सर्वसाधारण सेयरधनीहरुको उपस्थित भए र कतिपयले प्रोक्सीमार्फत पनि आफ्नो उपस्थिति जनाउने भएकाले सभा सञ्चालन गर्न बाधा हुँदैन । साधारणसभा गर्ने कम्पनीहरुले अरु कम्पनीहरुसँग सल्लाह गरेर पनि साधारणसभा गर्ने कुरा पनि आएन नि ¤ तर पनि पुस महिनामा नै गर्नुपरे पनि पुस मसान्त नै किन कुर्नु पर्यो ? आउने वर्षहरुमा कम्पनीहरुले यसमा ध्यान दिन्छ होला नै ।