काठमाडौं । वैश्विक स्मार्ट डिभाइस ब्रान्ड हनरले नेपालमा पहिलो सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले हालै सिटी सेन्टरको दोस्रो तलामा आफ्नो पहिलो एक्सक्लुसिभ सोरूम सञ्चालनमा ल्याएको हो ।
हनरको नेपालमा बढ्दो उपस्थितिका कारणले सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यहाँ ग्राहकहरूले ब्राण्डका नयाँ स्मार्टफोन, एक्सेसरी र स्मार्ट डिभाइसहरू प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । साथै विशेष स्टोर अफरहरूको फाइदा लिन सक्नेछन् । आधुनिक र इन्टरएक्टिभ डिजाइन भएको सोरूममा आगन्तुकहरूले उत्पादनहरू अन्वेषण गर्न, मुख्य फिचरहरू बुझ्न र तालिमप्राप्त पेशेवरहरूबाट व्यक्तिगत सहयोग प्राप्त गर्न सक्नेछन् । सोरुम उद्घाटनमा कम्पनीका सदस्यहरू, साझेदारहरू र शुभेच्छुकहरूले सहभागिता जनाएका थिए । सिटी सेन्टर सोरूम प्रविधि प्रेमीहरूका लागि प्रिमियम तर पहुँचयोग्य स्मार्ट डिभाइसहरूको केन्द्रको रूपमा काम गर्ने कम्पनीले जनाएको छ ।