काठमाडौं । शेयर बजारको उकालो यात्राको साताको तेस्रो कारोबार पनि निरन्तरता पाएको छ । अघिल्लो २८ दशमलव ७३ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज मंगलबार पुन नौं दशमलव ९३ अंकले उकालो लागेर २६ सय ४९ दशमलव ३० बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले उकालो लागेर चार सय ५७ दशमलव २३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३४ वटा कम्पनीहरुको ८८ हजार तीन सय ६२ पटकको कारोबारमा एक करोड ४८ लाख ३१ हजार दुई सय ४१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम सात अर्ब १२ करोड ३३ लाख ६५ हजार दुई सय ९६ रुपैंंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा होटल तथा पर्यटन र उत्पादन मुलक उपसमुहको सुचक ओरालो लागेर बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।