काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको एक काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आगलागी घरबाट सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगलागी भएको स्थानको छेउमै काठ तथा फर्निचरको गोदामसमेत रहेकाले आगो फैलिने जोखिम बढेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।