काठमाडौं । बागमती प्रदेश सरकारले जेन–जी प्रदर्शनपीडित सवारी साधनमा कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने भएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत भदौ २३/२४ गते भएको जेन–जी प्रदर्शनका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि छुट दिने निर्णय गरी राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश सचिव झलकराम अधिकारीले जारी गरेको सूचनामा प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ । साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुरमा पनि छुट प्रदान गरिने जनाइएको छ ।