नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्र लामो समयको शिथिलतापछि पुनः लयमा फर्कन थालेको छ । तथापि, कोभिड–१९ को विश्वव्यापी महामारी र त्यसपछिका आर्थिक मन्दीका बाबजुद नेपालको पर्यटन क्षेत्रमा देखिएको यो सुधारले राष्ट्रिय आर्थिक समृद्धिमा नयाँ आशा जगाएको छ । फलतः देशको भौगोलिक विविधता, सगरमाथाजस्ता विश्वका अग्ला हिमालहरू, लुम्बिनीजस्ता आध्यात्मिक केन्द्रहरू र समृद्ध संस्कृतिले गर्दा नेपाल सधैँ विश्वका पर्यटकहरूको रोजाइमा पर्दै आएको छ । जब कि सन् २०१९ मा १२ लाखभन्दा बढी पर्यटक भित्र्याएर नेपालले ठूलो फड्को मारेको थियो । तर, २०२० को महामारीले यो क्षेत्रलाई पर्यटनको आगमनमा पूर्णतः ठप्प पारिदियो । हालैका वर्षहरूमा, विशेष गरी सन् २०२३ र २०२४ को तथ्याड्ढ हेर्दा नेपाल आउने पर्यटकको संख्या पुनः १० लाखको हाराहारीमा पुग्न थालेको छ । यो केवल संख्यात्मक वृद्धि मात्र होइन, बरू नेपाली अर्थतन्त्रमा अक्सिजन थप्ने महत्वपूर्ण माध्यम बनेको छ ।
नेपाल सानो तर विविधतापूर्ण देश, पर्यटनको लागि विश्व प्रसिद्ध छ । यहाँका हिमशृंखलाहरू, सांस्कृतिक धरोहरहरू, जैविक विविधता र साहसिक गतिविधिहरूले पर्यटकहरूलाई आकर्षित गर्दछन् । वस्तुतः पर्यटन नेपालको अर्थतन्त्रको मुख्य आधार हो । जसले विदेशी मुद्रा कमाउने, रोजगारी सिर्जना गर्ने र ग्रामीण विकासमा योगदान दिन्छ । जुन कोभिड–१९ महामारीले पर्यटन क्षेत्रलाई ठूलो धक्का दियो । तर पछिल्ला वर्षहरूमा यसको पुनरुत्थान भएको छ । सन् २०२५मा नेपालले ११ लाख ५८ हजारभन्दा बढी पर्यटकहरू स्वागत गर्यो । जुन सन् २०२४को तुलनामा ०.९६ प्रतिशत वृद्धि हो र प्रि–प्यान्डेमिक स्तरको ९७ प्रतिशत रिकभरी हो । यस्तै सन् २०१९को सोही महिनाको ९७ प्रतिशत बराबर हो । सन् २०२५मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट दुई लाख ९२ हजार चार सय ३८ जना आएका छन् । त्यसपछि अमेरिकाबाट एक लाख १२ हजार तीन सय १६ जना आएका छन् । नेपालमा पर्यटक आउनेको संख्याका हिसाबले तेस्रोमा चीन परेको छ । चीनबाट गत वर्ष ९५ हजार चार सय ८० जना पर्यटक नेपाल आएका थिए । त्यस्तै, बेलायतबाट ५८ हजार छ सय ८४ जना र बंगलादेशबाट ५७ हजार पाँच सय ४५ जना नेपाल आएका छन् । यो पुनरुत्थानले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दैछ । यसरी पर्यटनको पुनरुत्थान भनेको केवल पर्यटकहरूको संख्या बढाउनु मात्र होइन, यो दिगो विकास, पूर्वाधार सुधार र समुदाय–आधारित पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नु हो । यसर्थ मुलुकको जीडीपीमा पर्यटनको योगदान लगभग ६.७ प्रतिशत छ । यसले यस क्षेत्रलाई आर्थिक इन्जिन बनाउँछ । तसर्थ सन् २०२३ देखि २०२६ सम्मको अवधिमा, पर्यटनको पुनरुत्थानले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ । तर यसमा चुनौतीहरू पनि धेरै छन्, जस्तै राजनीतिक अस्थिरता, जलवायु परिवर्तन र पूर्वाधारको कमी आदि रहेका छन् । यस अर्थमा भन्ने नै हो भने राष्ट्रमा पर्यटनको पुनरुत्थानको यात्रामा बढीभन्दा बढीलाई भित्र्याइ आर्थिक समृद्धिको स्रोत उपलब्ध गर्न सक्नुपर्छ ।
नेपालको पर्यटन क्षेत्रले साहसिक पर्यटन (ट्रेकिङ, माउन्टेनियरिङ), सांस्कृतिक पर्यटन (मन्दिरहरू, उत्सवहरू), इको–टुरिजम (राष्ट्रिय निकुञ्जहरू) र धार्मिक पर्यटन (लुम्बिनी, पशुपतिनाथ) जस्ता विविध क्षेत्रहरू समेट्छ । यी क्षेत्रहरूले नेपाललाई विश्वव्यापी पर्यटन बजारमा अद्वितीय बनाउँछन् । जसरी पोस्ट–कोभिड कालमा, नेपालले नेपाल भ्रमण वर्ष जस्ता अभियानहरूमार्फत पुनरुत्थान गरेको छ । जसले पर्यटकहरूको विश्वास पुनस्र्थापित गरेको छ । यसलाई आर्थिक दृष्टिकोणबाट, पर्यटनले सन् २०२३ मा तीन खर्ब २७ अर्ब ९० करोड नेपाली रुपैयाँ योगदान दियो र ११ लाख ९० हजारलाई रोजगारी सिर्जना ग¥यो । यसले ग्रामीण क्षेत्रहरूमा र गरिबी न्यूनीकरणमा पनि योगदान दिन्छ । तर, पुनरुत्थानको यात्रा सहज छैन । यसमा सरकारी नीति, निजी क्षेत्रको सहभागिता र अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ ।
हाम्रो देशमा पर्यटनको इतिहास सन् १९५० को दशकबाट सुरु हुन्छ । जब राष्ट्रले आफ्ना सीमाहरू खोल्यो । सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा आरोहण गरेपछि नेपाल साहसिक पर्यटनको हब बन्यो । त्यसपछि, काठमाडौँ उपत्यकाका यूनेस्को विश्व धरोहर स्थलहरू जस्तै– स्वयम्भूनाथ, बौद्धनाथ, पाटन दरबार स्क्वायरले सांस्कृतिक पर्यटकहरूलाई आकर्षित गरे । सन् १९७० को दशकमा हिप्पी संस्कृति र धार्मिक पर्यटनले नेपाललाई शान्ति र आध्यात्मिकताको गन्तव्य बनायो । पर्यटन नेपालको अर्थतन्त्रको लागि महत्वपूर्ण छ, किन कि यो कृषि र रेमिट्यान्स पछिको तेस्रो ठूलो स्रोत हो । यसले विदेशी मुद्रा कमाउँछ, जसले व्यापार घाटा कम गर्न मद्दत गर्छ । सन् २०१९ मा, पर्यटनले १४ लाख पर्यटकहरू ल्याएर २९ करोड ४० लाख रुपैयाँ कमायो, यसले जीडीपीमा ७.९ प्रतिशत योगदान दियो । यस क्षेत्रले होटल, रेस्टुरेन्ट, यातायात, गाइडिङ र हस्तकला जस्ता उद्योगहरूलाई समर्थन गर्छ । जसले ग्रामीण क्षेत्रहरूमा स्थानीय समुदायहरूलाई सशक्त बनाउँछ । उदाहरणका लागि, अन्नपूर्ण क्षेत्रमा होमस्टेहरूले महिलाहरूलाई रोजगारी दिन्छन् ।
मुलुकलाई सांस्कृतिक रूपमा हेर्ने हो भने पर्यटनले देशको विविधतामा ८४ भाषा, एक सय २५ जातिलाई प्रचार गर्छ । जसमा भन्ने नै हो भने इको–टुरिजमले चितवन राष्ट्रिय निकुञ्ज र बर्दियाजस्ता क्षेत्रहरूमा वन्यजन्तु पर्यटनलाई बढावा दिन्छ । जसले संरक्षणमा योगदान दिन्छ । तर, पर्यटनको महत्व केवल आर्थिक होइन; यसले सांस्कृतिक आदान–प्रदान र शान्ति निर्माणमा पनि भूमिका खेल्छ । सन् २०२५मा, पर्यटनको वृद्धिले नेपाललाई मध्यम आय भएको देश बनाउने सरकारी लक्ष्यमा योगदान दिइरहेको छ । विश्व बैंकका अनुसार, आर्थिक वर्ष २०८२/८३मा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत पुगेको छ, जसमा पर्यटनको भूमिका महत्वपूर्ण भएको छ ।
पर्यटनको महत्वलाई बुझ्न, यसको बहुआयामिक प्रभावलाई हेर्नुपर्छ । यसले पूर्वाधार विकासलाई प्रोत्साहन दिन्छ । जस्तै विमानस्थलहरू (पोखरा अन्तर्राष्ट्रिय विमानस्थल) को विस्तार र सडकहरूको सुधार गर्नु आवश्यक छ । यसले शिक्षा र स्वास्थ्यमा पनि अप्रत्यक्ष योगदान दिन्छ । किन कि पर्यटनबाट कमाइएको राजस्वले यी क्षेत्रहरूमा लगानी हुन्छ । तर, पर्यटनको असन्तुलित विकासले पर्यावरणीय समस्या निम्त्याउन सक्छ । जसलाई दिगो पर्यटन नीतिले सम्बोधन गर्नुपर्छ । नेपालको पर्यटन बोर्डले यसलाई प्रचार गर्दैछ, जसले आर्थिक समृद्धिको आधार तयार पार्दछ ।
नेपालमा कोभिड–१९ महामारीले पर्यटन क्षेत्रलाई ठूलो क्षति पुर्यायो । सन् २०२० मा, पर्यटकहरूको संख्या ८० प्रतिशतले घट्यो । जसले गर्दा २३ लाखको रोजगारीमा प्रभावित भयो । लकडाउन र यात्रा प्रतिबन्धले होटलहरू बन्द भए, ट्रेकिङ रुटहरू सुनसान भए र आर्थिक घाटा एक खर्ब ४० अर्बभन्दा बढी भयो । ग्रामीण क्षेत्रहरूमा निर्भर समुदायहरू गरिबीमा धकेलिए । यस महामारीले स्वास्थ्य प्रणालीलाई चुनौती दियो र पर्यटनलाई पुनरुत्थान गर्न कठिन बनायो । सन् २०२१ मा, पर्यटकहरूको संख्या दुई लाख ३० हजार मात्र थियो । जुन प्रि–प्यान्डेमिकको २० प्रतिशत हो । यसले जीडीपीमा तीन प्रतिशतको ह्रास ल्यायो । तर, महामारीले दिगो पर्यटनको आवश्यकता उजागर गर्यो । जस्तै स्वास्थ्य सुरक्षा प्रोटोकलहरू र डिजिटल मार्केटिङ आदि हुन् । यसमा पोस्ट–कोभिड, नेपालले खोप अभियान र सुरक्षित नेपाल अभियानमार्फत पुनरुत्थान सुरु गर्यो । तर, प्रभाव लामो समयसम्म रह्यो । सन् २०२३मा पनि रिकभरी ७० प्रतिशत मात्र थियो । यसले आर्थिक असमानता बढायो, जसमा स–साना व्यवसायीहरू बढी प्रभावित भए ।
निष्कर्षमा भन्नुपर्दा देशमा पर्यटनको पुनरुत्थान आर्थिक समृद्धिको कुञ्जी हो । यसले रोजगारी, आय र विकास ल्याउँछ । तर दिगो बनाउन आवश्यक छ । सरकारी, निजी र अन्तर्राष्ट्रिय सहयोगले यसलाई मजबुत बनाउन सक्छ । मूलतः भविष्य उज्ज्वल छ यदि चुनौतीहरू सम्बोधन गरियो भने, मुलुकको पर्यटन उद्योग अहिले एक निर्णायक मोडमा छ । यदि हामीले हाम्रा प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको सही सदुपयोग गर्दै पूर्वाधारमा सुधार गर्न सक्यौँ भने, पर्यटन नै नेपाललाई समृद्ध बनाउने सबैभन्दा बलियो आधार बन्नेछ । अतः आर्थिक समृद्धिको सपना पूरा गर्न पर्यटन आगमनको यो लयलाई अझ तीव्र र व्यवस्थित बनाउनु आजको आवश्यकता पनि हो ।