काठमाडौं । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैटौँ संस्करणमा ‘खल्ती’ले टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ ।
माघ ९ देखि १७ गतेसम्म पोखरा रङ्गशालामा उक्त प्रतियोगिता हुन लागेको छ । ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजना गर्ने प्रतियोगितामा सातवटा पुरुष र सातवटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु सहभागी हुनेछन् । यसमध्ये चार अन्तर्राष्ट्रिय टोली रहेको छ । यस प्रतियोगिताको टिकटको मूल्य तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म रहेको छ । दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्ने र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन् । राष्ट्रियस्तरमै सबैभन्दा ठूलो भलिबल प्रतियोगिताले अघिल्ला संस्करणहरुबाट देशभरिकै दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलिबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि उत्साहको विषय भएको बताए ।