कोलम्बो । सन् २०२५मा श्रीलंकामा सबैभन्दा धेरै विदेशी पर्यटकहरूको आगमन रेकर्ड गरेको जनाइएको छ । सिन्ह्वाका अनुसार श्रीलंकामा आएको चक्रवात दितवाहले गर्दा आएको अवरोधका बावजुद पनि पर्यटन आय नयाँ वार्षिक रेकर्डमा पुगेको श्रलंकाका विदेश मन्त्री विजिता हेराथले पत्रकारहरु सँगको साक्षतकारमा बताएका छन् ।
परराष्ट्र मामिला, विदेश रोजगार तथा पर्यटन मन्त्री हेराथले श्रीलंकाले यस वर्ष २३ लाख ६० हजार भन्दा बढी विदेशी पर्यटकहरूले श्रीलंका भ्रमण गरेको बताएको छ जुन एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा बढी संख्या हो । पर्यटन राजस्व मात्र सन् २०२५ तीन अरब २० करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै देशको विदेशी मुद्राको दोस्रो ठूलो स्रोतको रूपमा पर्यटन व्यावसाय भएको उनले पुष्टि गरेका छन् ।
नोभेम्बरको अन्त्यमा श्रीलंकामा आएको चक्रवात दितवाको प्रभावका बावजुद पर्यटकहरूको आगमन बलियो रहेको बताउदै उनले मन्त्रीले नीतिगत समर्थन उपाय र प्रवर्द्धन गतिविधिका कारण विपत्ति पछि पनि पर्यटन आगमन जारी रहेको बताए । श्रीलंकाले सन् २०२६ मा न्यूनतम ३० लाख विदेशी पर्यटक आगमनको लक्ष्य राखेको छ, जुन सन् २०२५ को भन्दा करिब २७ प्रतिशतले बढी हो ।