काठमाडौँ, भदौ २२ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १२ करोड ९० लाख ५३ हजार छ सय ८५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड ४० लाख ६८ हजार चार सय ९६ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी नौ रुपैयाँ २२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २२ रुपैयाँ १५ पैसा रहेको छ ।