काराकास । भेनेजुएलामा स्टारलिंकले एक महिनासम्म निःशुल्क इन्टरनेट दिने घोषणा गरेको छ । अर्बपति इलोन मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकले उक्त घोषणा गरेको हो ।
अमेरिकाले शनिबार काराकासमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोको दम्पतीलाई गिरफ्तार गरेको थियो । हाल उनीहरूलाई अमेरिकी थुनामा राखिएको छ । ‘भेनेजुएलाका जनताका लागि फेब्रुअरी ३ सम्म निरन्तर इन्टरनेटको उपलब्धता सुनिश्चित गरेका छौँ’, एक्समा स्टारलिंकले भनेको छ ।
स्टारलिंक स्पेसएक्सअन्तर्गतको कम्पनी हो । जसलाई मस्कले स्थापना गरेका थिए । भेनेजुएलामा इन्टरनेट चलाउन लामो समयदेखि कडाइ गरिँदै आएको छ । चलाइने इन्टरनेट पनि निकै सुस्त रहेको बताइन्छ ।