सुर्खेत । लेकबेशी नगरपालिका–९ सिम दमारबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ३८ वर्षीय धन बहादुर रावतलाई बुधबार बिहान प्रहरले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।