काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले जगदम्बा हायर पर्चेज लि.सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि शून्य प्रतिशत किस्ताको सुविधा ल्याएको छ ।
यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको छ । यसले गर्दा अब देशभरका परिवारहरूले राम्रा उपकरण सजिलै किन्न सक्नेछन् । यो सुविधाअनुसार ग्राहकहरूले आफूले रोजेका स्काईवोर्थ र लिभप्योरका उपकरणहरू १२ महिनासम्म विनाब्याजको किस्तामा किन्न सक्छन् । यसले एकैपटक ठूलो रकम तिर्नुपर्ने बोझ हट्नेछ । सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेस प्रालिका तर्फबाट अमित बज्रचार्य, विवेक राठी र अमित ठाकुर तथा जगदम्बा हायर पर्चेज लि.का तर्फबाट पल्लव श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो योजनाले ग्राहकहरूका लागि सुविधा र किफायती मूल्यमा सामान उपलब्ध गराउने स्मार्ट एप्लायन्सेजको प्रतिबद्धता देखाउँछ । एकैपटक ठूलो रकम तिर्नु नपर्ने यस सुविधाले धेरै नेपाली परिवारहरूले स्काईवर्थ र लिभप्योरका गुणस्तरीय र भरपर्दो उपकरणहरू प्रयोग गर्न सक्नेछन् । यसले नेपालको घरेलु उपकरण क्षेत्रमा ग्राहक सुविधाको नयाँ स्तर कायम गर्नेछ ।