काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ६० हजार सात सय ३९ दशमलव ७२ कित्ता सेयर बिक्रीमा राखिएको बैकले जानकारी दिएको छ ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात् माघ २१ गतेभित्र आवश्यक कागजातसहित काठमाडाँैको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त मितिभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।