काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा सम्पूर्ण सेयरधनीहरूलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सोको विरुद्ध सुरक्षा कवचको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । कुनै पनि राष्ट्रको अर्थतन्त्रको समग्र अवस्था, व्यवसायको विस्तार र दिगोपनको मूल्यांकनगर्दा बीमा बजारको विकास, पहुँच र विश्वसनीयतालाई एक प्रमुख सूचकको रूपमा लिने गरिन्छ । यही मान्यतालाई आत्मसाथ गर्दै बीमा बजारको स्थायित्व कायम राख्ने र विश्वसनीयता अभिवृद्धि गर्ने तथा यसको दायरा र प्रभाव विस्तार गर्ने उद्देश्यका साथ यस कम्पनीले आफ्नो स्थापनाको २८औँ वर्ष सफलतापूर्वक पूरा गरिसकेको छ । बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउंदै बीमितको हकहितको संरक्षण गर्दै आफ्नो दायित्वप्रति कम्पनी सदैव प्रतिबद्ध रहंदै आएको जानकारी गराए ।
समीक्षा वर्षमा कम्पनीले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश दिने सम्बन्धी प्रस्ताव सेयरधनीहरूद्वारा सभामा सर्वसम्मतीबाट स्वीकृत भयो । त्यसैगरी कम्पनीको पानीपोखरीस्थित दुई रोपनी छ आना दुई पैसा तीन दाम जग्गामा करिब ६० हजार वर्गफिटमा दुई तल्ला पार्किङ्गसहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई यही २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्शालबाट पानीपोखरीस्थित आफ्नै भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने चार तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरू भाडामा लगाई आम्दानी गरिने व्यहोरासमेत सभालाई जानकारी गराए ।
यसैगरी चालु आर्थिक वर्षको भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोडको दाबी परेको छ भने असोज १८ गते देखिको अविरल बर्षा, बाढी पहिरोबाट करिब चार अर्ब बराबरको दाबी परेको छ । यद्यपि, सरकाले अघि बढाइरहेका नीतिगत पहलकदमी, आर्थिक सूचकांकहरूमा देखिन थालेको र क्रमिक सुधार तथा सेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमशः सुदृढ हुँदै जाने अपेक्षा गर्दै दीर्घकालिन रूपमा व्यवसायिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरे ।
सभामा ढकालले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको वर्तमान परिवेशमा सूचना प्रविधिको माध्यामबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिँदै आएको र चालु आर्थिक वर्षमा अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको पनि सभालार्ई जानकारी गराए । त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २८औँ वार्षिक साधारणसभामा सम्पूर्ण सेयरधनी महानुभावहरूलाई स्वगात गर्दै कम्पनीले देशको सातवटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थितिसहित पाँच सय ३१ जना कर्मचारीहरू, चार सय ३० जना अभिकर्ताहरू र एक सय ९२ सर्भेयरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको र २०८२ साल माघ महिनाको अन्तसम्ममा कम्पनीको प्रधान कार्यालयबाट प्रदान गरिने सेवाहरू पानीपोखरी स्थित आफ्नै भवनबाट प्रदान गरिने व्यहोरा सभालाई जानकारी गराए ।
चुक्ता पुँजी तीन अर्ब दुई करोड रुपैयाँसहित निर्जीवन बीमा कम्पनीहरूमा सबभन्दा ठूलो बीमा कम्पनीको रूपमा कम्पनी रहेको छ । कम्पनीको व्यावसायमा पनि क्रमिक रुपमा वृद्धि हुँदै गएको छ । समीक्षा आवमा बैकिङ्ग क्षेत्रमा देखिएको तरलता र व्याजदरमा आएको कमीका कारण व्यावसय वृद्धि हुने अवेक्षा गरिएको थियो तर बैंकको कर्जाको व्याज एकल अंकमा आउँदासमेत अपेक्षाकृत ऋण लगानीमा वृद्धि हुन सकेन जसको बाबजुत आषातित व्यावसायसमेत वृद्धि हुन सकेन । त्यसैगरी नेपाल सरकारको विकास खर्च न्यून भएबाट देशमा ठूला–ठूला आयोजनाहरू प्रत्यक्ष रूपमा प्रभावित भएको पनि श्रेष्ठले सभालाई जानकारी गराए ।
कम्पनीले गत आव २०८०/०८१ मा निर्जीवन बीमा क्षेत्रको कुल बीमा प्रिमियम आर्जन ४१ अरब १७ करोड रुपैयाँ रहेकोमा समीक्ष वर्षमा छ दशमलव ७७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा हासिल गरेको बीमा प्रिमियम तीन अर्ब ६३ करोड ६१ लाखमा छ दशमालव ३२ प्रतिशतले वृद्धि गरी समीक्षा वर्षमा तीन अर्ब ८६ करोड ५९ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको छ । त्यसैगरी समीक्षा वर्षमा कम्पनीले कुल दाबी संख्या १८ हजार पाँच सयको लागि दुई अर्ब ४६ करोड ३३ लाख बराबरको दाबी भुक्तानी गरेको छ भने नेपाल सरकारलाई विभिन्न कर वापत कुल ७९ करोड ८७ लाख भुक्तानी गरी राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याएको पनि सभालाई जानकारी गराए ।
कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै कम्पनीको नीति, नियम र विनियमहरू, आन्तरिक लेखा परीक्षण लगायत बीमा प्राधिकरणबाट समय समयमा प्राप्त निर्देशनहरूको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई अझै प्रभावकारी बनाउंदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारमा विशेष ध्यान दिएका छौँ । नेपाल बीमा प्राधिकरणलगायत कम्पनीको नियमानकारी निकायहरूबाट समय समयमा जारी हुने निर्देशनलाई विशेष महत्वका साथ परिपालन गर्दै कम्पनी अगाडि बढिरहेको छ । त्यसैगरी चुक्ता पँुजीको अनुपातमा कम्पनीले बीमा बजारमा आफ्नो स्थानलाई सुरक्षित गर्ने गरी गुणस्तरीय व्यावसायमा विषेश ध्यान दिँदै आएको छ र यसलाई अझै स्तरोन्नती गर्दै लाने गरी कार्यहरू भइरहेको व्यहोरा श्रेष्ठले सभालाई जानकारी गराए ।
अन्तमा संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको २८औँ वार्षिक साधारणसभामा भाग लिई सबै प्रस्तावहरूलाई करतल ध्वनीका साथ अनुमोदन गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।