काठमाडौं । नेपालमा नयाँ ब्रान्डको ‘जुँगे काजी’ रम सार्वजानिक गरिएको छ । यो प्रिमियम नेपाली रमको शुभारम्भसँगै ब्रान्डले १८औँ शताब्दीका एक व्यक्तित्वको विरासतलाई पुनर्कल्पना गर्ने सिनेम्याटिक फिल्म सार्वजनिक गरेको छ । जसलाई एक सम्मानित विद्रोहीका रूपमा स्मरण गरिन्छ । उक्त फिल्मले उनका मूल्य र आदर्शलाई वर्तमान समयसँग जोड्ने प्रयास गरेको छ ।
काजी वंशबाट प्रेरणा लिँदै, जुँगे काजी रमले आफूलाई चरित्र र दृढ विश्वासको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । बलियो, स्मूथ र निडर पहिचानसहित तयार गरिएको यो ब्रान्डले परम्परागत श्रेणीगत ढाँचाबाट अलग हुँदै आम बजारको परिचित शैलीभन्दा पहिचान, अनुशासन र गहिरो कथावस्तुलाई प्राथमिकता दिएको छ । डिजिटल तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त शुभारम्भ फिल्मले उत्पत्तिको कथा र ब्रान्डको भावनात्मक घोषणापत्र दुवैको भूमिका निभाएको छ । यो शुभारम्भ नेपाली मदिरालाई नयाँ मापदण्ड स्थापित गर्ने प्रयास रहेको कम्पनीले जनाएको छ । जुँगे काजी रम हाल नेपालभरका खुद्रा बिक्रेता तथा प्रिमियम प्रतिष्ठानहरूमा उपलब्ध छ ।