काठमाडौं । काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाइनिङ र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ ।
मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ । पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई आधुनिक दृष्टिकोण दिइएको छ । यहाँ आर्च, कलात्मक करिडोर, लाइम–वाश गरिएका भित्ता, कुँदिएका काठका प्यानल र जीवन्त फर्निचरहरू प्रयोग गरिएको छ, जसले मेक्सिको र ल्याटिन अमेरिकाको ऊर्जा र संस्कृतिलाई झल्काउँछ । चन्द्रमाबाट प्रेरित प्रकाशयुक्त बारले पुरै स्थानलाई दृश्यात्मकरूपमा आकर्षक बनाएको छ । यस स्थानमा कलाले पनि महत्वपूर्ण भूमिका खेलेको छ । मेक्सिकन कलाकार ब्रेन्डा रोआद्वारा सिर्जित ईआई सोल वाई इएल एभीई शीर्षकको विशेष कलाकृति यहाँ राखिएको छ, जसले यस स्थानमा सांस्कृतिक गहिराइ थप्दै ला आसिएन्दालाई रेस्टुरेन्टभन्दा माथि एउटा बेग्लै पहिचान दिन्छ । ला आसिएन्दा स्मृति, यात्रा र सांस्कृतिक आदान–प्रदानबाट प्रेरित रेस्टुरेन्ट अवधारणा हो ।
काठमाडौंस्थित नयाँ मोक्सी होटलभित्र रहेको यस रेस्टुरेन्टले पाहुनालाई ल्याटिन अमेरिकाभर फैलिएको परिकारहरूको यात्रामा लैजान्छ । यस यात्राको आधार मेक्सिकन शेफ मार्टिन हर्नान्डेज हार्नान्डेजका व्यक्तिगत अनुभव, घुमेका भूगोल र त्यहाँका स्वादहरू हुन् । मेनुमा मेक्सिकोका परम्परागत र सशक्त टाकोजदेखि पेरुका ताजा र जीवन्त सेभिचेसम्मका परिकारहरू समेटिएका छन् । साथै शेफले त्यस क्षेत्रभर गरेका यात्राबाट प्रेरित स्वादहरू पनि प्रस्तुत गरिएका छन् । सामान्य भेटघाटदेखि विशेष अवसरका डाईनिंगसम्मका लागि उपयुक्त यस रेस्टुरेन्टले सहज र आरामदायी वातावरण उपलब्ध गराउने जनाइएको छ । यसको केन्द्रमा रहेको डेडीकेटेड ककटेल बार सोसल भेटघाटको मुख्य हबका रूपमा डिजाइन गरिएको छ, जहाँ पाहुनाले सामान्य पेयपदार्थदेखि पूर्ण डाईनिंगसम्मको अनुभव लिन सक्नेछन् । मोक्सी काठमाडौंभित्र अवस्थित ला आसिएन्दा होटलका पाहुना र काठमाडौंवासी दुवैका लागि लाइफस्टायल केन्द्रित डाईनिंग गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ ।