काठमाडौं । टिभिएस रेसिङले नेपालमा पहिलो पटक अपाचे रेसिङ एक्सपिरिएन्स (एआरई) जीपी आयोजना गर्ने भएको छ । नेपालमा मोटरस्पोट्र्सको इतिहासमा नयाँ अध्याय थप्नको लागि टीभीएस रेसिङले पहिलो अपाचे रेसिङ आयोजना गर्न लागेको हो ।
कार्यक्रम यही जनवरी १७ मा काठमाडौंको सटुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा हुने टिभिएस नेपालले जनाएको छ । टिभिएस अपाचे सिरिजको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको यो इभेन्टमार्फत अपाचे मोटरसाइकल मालिकहरूले व्यावसायिक प्रशिक्षकबाट रेसिङ–प्रेरित तालिम प्राप्त गर्नेछन् । कार्यक्रममा कर्नरिङ, प्रेसिजन ब्रेकिङ, थ्रोटल कन्ट्रोल, रेस पोस्चर तथा ह्यान्डलिङजस्ता उन्नत राइडिङ प्रविधिबारे प्रशिक्षण दिइनेछ । सन् २००५मा सुरु भएको टिभिएस अपाचे, टिभिएस रेसिङको चार दशकभन्दा लामो मोटरस्पोट्र्स विरासतमा आधारित परफर्मेन्स मोटरसाइकल ब्रान्ड हो । भारतको पहिलो फ्याक्ट्री रेसिङ टोलीको रूपमा चिनिएको टिभिइस रेसिङले पहिलो पटक यो अन्तर्राष्ट्रियस्तरको रेसिङ अनुभव नेपालमा ल्याएको हो ।
टिभिएस मोटर्स कम्पनीका हेड विमल सुम्बलीले नेपालमा एआरई आयोजना हुनु गर्वको विषय भएको बताए । अपाचेले रेसिङ–आधारित इन्जिनियरिङमा २० वर्ष पूरा गरेको अवसरसँग यो कार्यक्रम जोडिएको उनको भनाइ छ । एआरई नेपालका विजेताले भारतको चेन्नइस्थित मद्रास अन्तर्राष्ट्रिय सर्किटमा आयोजना हुने वान मेक च्याम्पियनसिपमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले यस पहलले नेपालमा मोटरस्पोट्र्स संस्कृतिको विकासमा योगदान पु¥याउने बताए । बिक्री उपाध्यक्ष दीपक रौनियारले एआरईलाई केवल इभेन्ट नभई नेपाली राइडरहरूका लागि व्यावसायिक रेसिङतर्फको संरचित प्लेटफर्म भएको स्पष्ट पारे ।
कार्यक्रममा विशेषज्ञद्वारा निर्देशित राइडिङ सेसन, सुरक्षा ब्रिफिङ, सेफ्टी गियर सहयोग, मनोरञ्जनात्मक स्टल तथा खानपानको व्यवस्था रहनेछ । दर्ता प्रक्रिया हाल टीभीएस अपाचे सिरिजका मोटरसाइकल मालिकहरूका लागि मात्र खुला गरिएको छ । सीमित सिटका कारण इच्छुक राइडरहरूले टीभीएस नेपालका आधिकारिक सामाजिक सञ्जालमार्फत दर्ता गर्न सक्नेछन् ।