काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ज्वरो लागेर अस्वस्थ भइ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत रहेका सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलले जानकारी गराएका छन् । पौडेलका अनुसार ज्वरोबाट पीडित भएका उनी गत सोमबार उक्त अस्पताल भर्ना भएका हुन् ।