काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बागमती प्रदेश कमिटीले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए ।
पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा. राजन भट्टराईले एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते काठमाडौँमा हुने बताए ।
यही पुस २६ गते एमालेको बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो ।