कमलामाई (सिन्धुली) । स्रोत नखुलेको अमेरिकी डलरसहित सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको हो । इलाका प्रहरी कार्यालयका अनुसार निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।