काठमाडौँ । स्थानीय बजारमा चार दिनको अन्तरालमा सुनचाँदीको मूल्यमा तीव्र वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ कायम भएको छ ।
एक तोला सुन मङ्गलबार दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० मा कारोबार भएको थियो । प्रतितोला दुई लाख ७० हजार ६०० मा गत आइतबार कारोबार भएको छापावाला सुन हिजो मंगलबारतोलामा चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला चार हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो पाँच हजार १९५ मा किनबेच भएको थियो । अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको बताएका छन् ।
व्यवसायीहरूले अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।