ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आएका छन् । उनी नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ आइपुगेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले राष्ट्रपति पौडेललाई स्वागत गरे ।