काठमाडौँ । गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले बुधबार संस्थाको प्रधान कार्यालय, गुह्येश्वरी भवन, पुल्चोक, ललितपुरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा अध्यक्ष युवराज भण्डारीले पेश गरेको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित गरिएको छ । फाइनान्सले हाल एसएमएस अर्लट, इ–बैंकिङ, मोबाइल बैंकिङ, नेपाल पे क्यूआर, इ–सेवा, फोन पे, कर्पोरेट पे लगायतका सेवाहरू प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा पाँच लाखसम्मको निक्षेप बीमासमेतको व्यवस्था गरेको छ ।
राष्ट्रियस्तरको संस्थाले सबै क्षेत्रमा गरी २३ वटा शाखा कार्यालयहरू र चारवटा विस्तारित काउन्टरबाट ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको र आगामी दिनहरूमा पनि अझ सरल सुलभ तथा उत्कृष्ट सेवाहरू प्रदान गर्दै जाने प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।