काठमाडौं, भदौ २३
विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख ८७ हजार पाँच सय ९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार तीन सय तीन जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९३ लाख ७९ हजार चार सय ९८ व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख २९ हजार दुई सय छ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ५९ हजार नौ सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।
अमेरिकामा ६४ लाख ६० हजार चार सय २१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३७ लाख २६ हजार ९९ जना कोरोना भाइरसमुक्त भएका छन् भने एक लाख ९३ हजार दुई सय ५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भारतमा ४२ लाख चार हजार छ सय १३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३२ लाख ५० हजार चार सय २९ कोरोना भाइरसमुक्त भएका छन् भने ७१ हजार छ सय ८७ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४१ लख ३७ हजार छ सय छ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख १७ हजार दुई सय २७ कोरोना भाइरसमुक्त भएका छन् भने एक लाख २६ हजार छ सय ८६ जनाको मृत्यु भएको छ ।
रुस १० लाख २५ हजार पाँच सय पाँच जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ आठ लाख ४० हजार नौ सय ४९ कोरोना भाइरसमुक्त भएका छन् भने १७ हजार आठ सय २० जनाको मृत्यु भएको छ । पेरुमा छ लाख ८९ हजार नौ सय ७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख १५ हजार ४९ जना कोरोना भाइरसमुक्त भएका छन् भने २९ हजार आठ सय ३८ जनाको मृत्यु भएको छ ।
कोलम्बिया छ लाख ६६ हजार पाँच सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख १८ हजार दुई सय २९ कोरोना भाइरसमुक्त भएका छन् भने २१ हजार चार सय १२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा छ लाख ३८ हजार पाँच सय १७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ६३ हजार आठ सय ९१ कोरोना भाइरसमुक्त भएका छन् भने १४ हजार आठ सय ८९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा छ लाख ३४ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ४२ हजार दुई सय ६८ कोरोना भाइरसमुक्त भएका छन् भने ६७ हजार पाँच सय ५८ जनाको मृत्यु भएको छ । स्पेनमा पाँच लाख १७ हजार एक सय ३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार चार सय १८ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना चार लाख ७८ हजार सात लाख ९२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ तीन लाख ३९ हजार एक सय ३२ कोरोना भाइरसमुक्त भएका छन् भने नौ हजार आठ सय ५९ जनाको मृत्यु भएको छ ।