काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौँ वार्षिक साधारणसभा मंगलबार काठमाडाँैंमा सम्पन्न भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा साधारणसभा सञ्चालन भएको हो ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको आठ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । जसमध्ये चार प्रतिशत सेयर लाभांस र चार दशमलव ४२ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित भएको हो ।
साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।