काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिका अध्यक्ष विष्णु कुमार घिमिरको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुधबार संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेश्वर पन्तले सभा सञ्चालन गर्नुका साथै उनले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनीहरूलाई स्वागत गरेका थिए । सभाले मुख्यतया आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिसनसम्बन्धी प्रस्तावहरू र आगामी आर्थिक वर्ष २०८२/८३ को लागि लेखारीक्षकको नियुक्तिसम्बन्धी प्रस्तावहरू पारित गरेको थियो । साथै यस सभाबाट निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालद्वारा आगामी कार्यकालका लागि विष्णु कुमार घिमिरे, राम कृष्ण डंगोल, रमेश कर्मचार्य तथा शशी तिमल्सिना निर्विरोध सञ्चालक समितिमा निर्वाचित भएको जानकारी गराए । सभाको अन्त्यमा उपस्थित सम्पूर्ण सञ्चालक, अतिथि तथा सेयरधनीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।