काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको श्रीमतिको कारोनाकालमा निधन भएपछि लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित रहेका उप्रेतीलाई भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए ।
वडाध्यक्ष मोतीलाल तामाङले सोमबार बिहान ३ बजे उनको निधन भएको बताए । लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएका उनी मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ ले परिचित थिए । लामाका अनुसार उनीप्रति श्रद्धाञ्जली सभा गरी आफन्तको आगमन पश्चात आजै दिउँसो दोलालघाटमा दाहसंस्कार गरिने छ ।
तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री भएका उप्रेतीले एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गर्दै पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आएका थिए । काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठूलो योगदान रहेको छ ।