देशैभरबाट विभिन्न नेताहरूले उम्मेदवारीका लागि टिकट माग्दै सक्रियता बढाएका छन्। तर टिकट कहाँ बसेर, कसरी र कुन मापदण्डका आधारमा वितरण हुँदैछ भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
पार्टीभित्र टिकट वितरण प्रक्रियालाई लिएर अन्योल कायम रहँदा नेतृत्व तहबाट स्पष्ट कार्यविधि नआएको भन्दै कार्यकर्तामाझ चासो बढ्दै गएको छ।यसैबीच, डा. शेखर कोइराला र गगन थापासँग मिलेर अघि बढ्ने विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि त्यसमा कुनै सत्यता नरहेको बताइएको छ।
विशेष महाधिवेशनमार्फत निर्वाचित केन्द्रीय समितिका कुनै पनि सदस्यले हालसम्म डा. शेखर कोइरालासँग कुनै पनि माध्यमबाट सम्पर्क वा छलफल नगरेको स्पष्ट गरिएको छ। पार्टी स्रोतका अनुसार यस्ता समाचारले भ्रम सिर्जना गर्ने काम मात्र गरेको र हालसम्म कुनै औपचारिक वा अनौपचारिक सहकार्यबारे कुराकानी नै नभएको दाबी गरिएको छ। टिकट वितरण र आगामी राजनीतिक रणनीतिबारे स्पष्ट निर्णय नआउँदासम्म यस्ता अड्कलबाजीपूर्ण समाचारप्रति सचेत रहन नेताहरूले आग्रह गरेका छन्।