काठमाडौं । अन–डिमान्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल गिजर मर्मत, जडान सेवा सुरु गरेको छ ।
जाडो मौसमलाई ध्यानमा राख्दै यो सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यो सेवा एक हजार रुपैयाँबाट सुरु हुने जनाएको छ । मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ । कम्पनीका अनुसार जाडो सुरु हुनासाथ काठमाडौंमा गिजर बिग्रने समस्या धेरै देखिन्छ । सामान्य समस्याहरूमा पानी ततिन ढिलो हुनु, गिजरले पानी तताउन छाड्नु, अनौठो आवाज आउनु, पानी विस्तारै बग्ने, अत्यधिक बिजुली खपत र गिजरबाट करेन्ट लाग्ने जस्ता जोखिमहरू रहनेछन् । यस्ता समस्याले पूरै परिवारको दैनिकी असहज बनाइदिन्छ । गिजर निरन्तर चल्ने उपकरण भएकाले छ महिनामा एक पटक वा कम्तीमा वर्षमा एक पटक सेवा अनिवार्य हुन्छ ।
भेटायोले छिटो, सुरक्षित र अनुभवी प्रमाणित प्राविधिकहरू मार्फत सेवा प्रदान गर्ने गरेको छ । ‘हाम्रा प्राविधिकहरूले सम्पूर्ण गिजर निरीक्षण, हिटिङ कोइल जाँच, थर्मोस्ट्याट परीक्षण, तार र जडान जाँच, स्केलिङ हटाउने/पूर्ण सफाइ, सुरक्षा जाँच, र नयाँ गिजर जडान (पर्खालमा जडान, पाइप सेटिङ, तार जडानसहित) जस्ता कार्यहरू गर्छन्’, कम्पनीद्वारा जारी विज्ञेप्तीमा भनिएको छ । नियमित सर्भिसिङले गिजरको आयु बढाउने, बिजुली खर्च घटाउने, तताउने क्षमता सुधार्ने, सुरक्षा जोखिम कम गर्ने, र पानी तताउने गति तेज गर्नेजस्ता कुरामा फाइदा पुर्याउने कम्पनीले जनाएको छ ।