काठमाडौं, भदौ २४ सरकारले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्मको एक सय छ किलोमिटर लामो रेलमार्गको ठेक्का प्रक्रिया रद्द गरेको छ । चौतर्फी विरोध भएपछि सरकारले मंगलबार सूचना नै प्रकाशित गरी उक्त रेलमार्गको हाल चलिरहेको ठेक्का प्रक्रिया रद्द भएको जनाएको हो । केही निश्चित ठेकेदारलाई ठेक्का जिम्मा लगाउने गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको थियो । त्यसको सबै क्षेत्रबाट विरोध भएपछि ठेक्का प्रक्रिया रद्द भएको हो ।