काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि अर्थात पुस मसान्तसम्ममा ३९ करोड ४५ लाख ५० हजार पाँच सय ६९ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिमा तुलनामा सात करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख ९३ हजार दुई सय १४ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ८६ करोड १९ लाख ३० हजार आठ सय १५ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा ६३ अर्ब ६२ करोड ४३ लाख २२ हजार नौ सय १९ रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख ४० हजार सात सय १४ रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २१ करोड १४ लाख ६८ हजार सात सय ९९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख एक हजार एक सय ६४ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब सात करोड ७४ लाख ९७ हजार दुई सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब आठ करोड ९५ लाख ९४ हजार तीन सय ५७ रुपैैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।