काठमाडौं । नेपालको पुरस्कारप्राप्त गोरमेट पपकर्न ब्रान्ड ‘वाउ पपकर्न’ले भारतीय बजारमा प्रवेश गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो ।
२०१७ मा स्थापना भएको वाउ पपकर्न सानो घरेलु प्रयासबाट सुरु भएर नेपालकै चर्चित प्रिमियम स्न्याक ब्रान्डको रूपमा स्थापित भइसकेको छ । आठ वर्षको सफल यात्रापछि कम्पनीले अब अन्तर्राष्ट्रिय बजारतर्फ पहिलो ठोस कदम चाल्दै, भारतका उपभोक्तासम्म आफ्ना नविन र उच्च गुणस्तरका उत्पादन पुर्याउने तयारी गरेको छ । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक शुभाकर मानन्धरले भारतीय बजारमा प्रवेश गर्नले यसलाई अझ अर्थपूर्ण बनाउने बताए । ‘भारत स्वादप्रतिको रुचि र विविधताका लागि परिचित बजार हो, र त्यहाँ हाम्रो उत्पाद लान पाउँदा हामी उत्साहित छौं’, उनले भने ।