काठमाडौं । एनसेल र भाटभटेनीले संयुक्तरूपमा विशेष अफर सार्वजनिक गरेका छन् । यस अफरमार्फत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस अफरअन्तर्गत कर सहित २९९ रुपैयाँ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुटको लागि कुपन प्राप्त गर्ने जनाइएको छ । यसरी प्राप्त हुने छुट कुपन नेपालका आधिकारिक टी–२० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिन्छ । यो अफरले क्रिकेट प्रेमीहरूलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्दै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मकरूपमा झन् बढी जोड्ने अपेक्षा गरिएको छ । अफरअन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ । यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरहरूमार्फत उपलब्ध छ ।
एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफरअन्तर्गतका कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्न सक्छन् । खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिंक भएको एसएमएस प्राप्त गर्नेछन् । त्यसपछि भाटभटेनीको लिंकमा क्लिक गरी ग्राहकले आफूलाई मन पर्ने मर्चेन्डाइज छनौट गर्न सक्छन् र चेक आउटका क्रममा प्रोमो कोड प्रयोग गरी छुटको लाभ लिन सक्नेछन् । अर्डरको पुष्टि भएपछि छनौट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिने जनाइएको छ । यो अफर २०८२ चैत १७ गतेसम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफरअन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुनेछ । ग्राहकहरूले अफरका लागि आफू योग्य रहने कुनै पनि प्याकको प्रत्येक खरिदमा एक मात्र प्रोमो कोड अर्थात् कुपन प्राप्त गर्नेर्छन् । प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यहरूलाई दिन पनि सकिन्छ । यद्यपि यो नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन ।