काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको हो । यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ ।
नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा पाउने छन् (सुविधामा सर्तहरू लागू हुने छन्) । विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड निकै उपयोगी हुने देखिन्छ । यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दासमेत विशेष सहुलियत पाइने छ । डिजिटल बैंकिङ्गमा सधैँ अगाडि रहने एनएमबी बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ । यी नयाँ विशेषताहरूले ग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्त रहेको छ ।
यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैको एनएमबी बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् । बैंकले हाल देशभर रहेका दुई सय दुईवटा शाखा, एक सय ८४ वटा एटीएम काउन्टर र नौवटा एक्स्टेन्सन काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको छ ।