काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: खुम्चिएको छ । अघिल्लो दिन ४२ दशमलव २६ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार नौं दशमलव ४३ अंकले ओरालो लागेर २७ सय पाँच दशमलव ३८ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३५ अंकले ओरालो लागेर चार सय ६५ दशमलव ९० बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ८९ हजार सात सय ६६ पटकको कारोबारमा दुई करोड १६ लाख ४१ हजार आठ सय ८३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ९२ करोड ३६ लाख ५० हजार तीन सय ४६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा अन्य उपसमुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।