काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव ४३ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार नौं दशमलव २३ अंकले उकालो लागेर २७ सय १४ दशमलव ६१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ४७ अंकले ओरालो लागेर चार सय ६५ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको ९४ हजार एक सय ७४ पटकको कारोबारमा एक करोड ९० लाख ७५ हजार सात सय ५६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम नौं अर्ब सात करोड ३९ लाख ७८ हजार ९८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लाग्दा बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।