काठमाडौैं । फोटोनको पिकअप सेग्मेन्टअन्तर्गत पर्ने टुनल्यान्ड जी७ ले युरोपेली बजारमा ४०० युनिटको अर्डर सुरक्षित गरि महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । कडा अटोमोटिभ नियम, उच्च सुरक्षा मापदण्ड र ग्राहकका कडा अपेक्षाका लागि परिचित इटालीको बजारमा यस्तो उपलब्धि हासिल हुनु टुनल्यान्ड जी७ का लागि उल्लेखनीय सफलता मानिएको छ ।
कम्पनीका अनुसार यो सफलता कुनै परीक्षण बिक्री वा सीमित अवधिको प्रयोगमा आधारित थिएन । बरु प्रतिस्पर्धात्मक युरोपेली बजारमा टुनल्यान्ड जी७को डिजाइन, प्रदर्शन, सुरक्षा र दीर्घकालीन विश्वसनीयताले व्यापक स्वीकार्यता पाएको स्पष्ट प्रमाण हो । युरोपेली उपभोक्ताहरू सवारीसाधन छनौट गर्दा टिकाउपन, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तर र दीर्घकालीन प्रदर्शनलाई प्राथमिकता दिने गर्छन् । टुनल्यान्ड जी७ ले ती सबै सूचकमा अपेक्षा पूरा गरेको जनाइएको छ । विशेषज्ञहरूका अनुसार इटालीमा प्राप्त ४०० युनिटको अर्डरले टुनल्यान्ड जी७ ले आफ्नो घरेलु बजारभन्दा बाहिर पनि वास्तविक ड्राइभिङ अवस्था, कडा सुरक्षा परीक्षण र गुणस्तर मापदण्डभित्र सफलतापूर्वक प्रदर्शन गरिसकेको तथ्य पुष्टि गर्छ । यही स्थापित अन्तर्राष्ट्रिय ट्र्याक रेकर्ड अहिले पनि उत्तिकै सान्दर्भिक रहेको कम्पनीको दाबी छ ।
युरोपमा प्राप्त उक्त उपलब्धिपछि टुनल्यान्ड जी७ हाल नेपाली बजारमा पनि उपलब्ध भइसकेको छ । कम्पनीका प्रतिनिधिहरूका अनुसार नेपालमा उपलब्ध मोडलमा कुनै किसिमको गुणस्तर सम्झौता गरिएको छैन । युरोपमा सफल भएको उही स्पेसिफिकेसन, सुरक्षा फिचर र प्रदर्शन क्षमतासहितको टुनल्यान्ड जी७ नेपाली ग्राहकले प्राप्त गर्नेछन् । नेपालको भौगोलिक विविधता, उकालो–ओरालो सडक, ग्रामीण तथा सहरी दुवै परिवेशमा भरपर्दो सवारी साधनको आवश्यकता उच्च छ । टुनल्यान्ड जी७ को युरोपेली स्वीकार्यताले यस पिकअपले कठिन वातावरणमा पनि निरन्तर र स्थिर प्रदर्शन गर्न सक्ने विश्वास थप बलियो बनाएको छ । व्यावसायिक प्रयोग, दैनिक आवागमन वा भारी वर्कलोडका लागि टुनल्यान्ड जी७ लाई तयार र सक्षम पिकअपका रूपमा हेरिएको छ ।